Section 42
सट्टा बिदा
: (१) रोक्न नहुने वा लगातार गर्नु पर्ने काममा संलग्न श्रमिकले साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिन काम गरेबापत सट्टा बिदा पाउनेछ ।
(२) कुनै श्रमिकलाई साप्ताहिक बिदा वा सार्वजनिक बिदाको दिनमा काममा लगाएको मितिले एक्काईस दिनभित्र सट्टा बिदा दिनुपर्नेछ ।